आर्थिक रुपमा कमजोर भएका सार्वजनिक संस्थानमा सरकारले थप लगानी नगर्ने, शेयर जारी गर्न समेत रोक्का
काठमाडौं, ८ असोज । सरकारले आर्थिक रुपमा कमजोर भएका तथा प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा थप लगानी नगर्ने भएको छ ।
अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आर्थिक अवस्था कमजोर भएका तथा साँवा र ब्याज तथा प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा नेपाल सरकारले थप लगानी नगर्ने निर्णय गरेको हो ।
यस्तो रोक्का अवधिभर नेपाल सरकारका लगानी भएका संस्थाहरुले हदप्रद तथा थप सार्वजनिक निष्कासन शेयर जारी गर्न रोक्का गर्ने निर्णय भएको हो ।















प्रतिक्रिया दिनुहोस्