कारागार फर्किए पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी
काठमाडौं,७ असोज । जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट भागेका पूर्वऊर्जा मन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन्।
कारागारबाट निस्केका रायमाझी अलि ढिलो कारागार प्रशासनको सम्पर्कमा आएका थिए । जेल प्रशासनसंग सम्पर्कमा रहेर बोलाएको बखत उपस्थित हुने बताएका उनी सोमबार साँझ सुन्धरा कारागार फर्किएका हुन्। ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधान तथा पूर्वऊर्जा मन्त्री रायमाझी आफै कारागार फर्किएको सुन्धारा कारागारका प्रमुख कृष्णप्रसाद चापागाईंले जानकारी दिए ।
भुटानी शरणार्थी प्रकरणकै कारागारमा रहेका अर्का हाई प्रोफइल पूर्वगृहसचिव टेकनारायण पाण्डे भने अझै फर्किएका छैनन्।
कारागारबाट भागेकाहरुलाई खोज्ने काम भइरहेको उनले कारागार प्रशासनले बताएको छ । कतिले आफै आउने जानकारी समेत गराएका छन्।















प्रतिक्रिया दिनुहोस्