शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

काठमाडौं,६ असोज । अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री नियुक्त भएका अनील कुमार सिन्हा, मदन परियार जगदीश खरेल र महावीर पुनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यो तेस्रो चरणको शपथग्रहणसँगै कार्की नेतृत्वको मन्त्रिमण्डल ८ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्