नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे
काठमाडौं, ६ असोज । नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन् । तर मिश्राको विषयमा प्रश्न उठेपछि उनको भने आज शपथ हुने नहुने निश्चित भइनसकेको शीतल निवास स्रोतले जनाएको छ ।
उनलाई मन्त्री नियुक्त गर्ने कि नगर्ने भन्ने विषयमा प्रधानमन्त्री कार्की नै अन्योलमा परेकी छन् ।















प्रतिक्रिया दिनुहोस्