यस्ता छन् मन्त्रीपरिषदका निर्णहरुः च्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त

काठमाडौं, ५ असोज । आजको मन्त्रीपरिषदको बैठकले विभिन्न निर्णहरु गरेको छ ।
बैठकले गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आज बसेको मन्त्रीपरिषद वैठकले पूर्वन्यायाधीश गौरीबबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाएको हो ।

समितिमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानूनविद विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन् । समितिलाई ३ महिनाको समय दिइएको गृहमन्त्री ओमप्रकाश शर्माले जानकारी दिए ।

त्यस्तै सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाइएको छ । उनलाई अन्यत्र नै सरुवा गरेको छ ।

उनको ठाउँमा प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्