ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं,५ असोज । ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचोस्थित सडकमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बा३क २८४५ नम्बरको ट्याङकरले बागमती प्रदेश ०२-०५९ प ६३८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा कैलाली घर भई ठेचोमै बस्ने ४८ वर्षीय कमल सिंह ठकुरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । के कति कारण दुर्घटना भएको हो त्यो भने अनुसन्धान पछि मात्र बताउन सकिने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्