सानिमा बैंकले गर्यो लाभांश घोषणा
काठमाडौं,५ असोज । सानिमा बैंकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको ७.३६ प्रतिशतका दरले हुन आउने १ अर्ब ७ लाख ५४ हजार ७०० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश ९कर सहित० वितरण गर्ने भएको हो ।
यही असोज ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ ।















प्रतिक्रिया दिनुहोस्