मुग्लिन नारायणगढ सडकखण्डमा ठूलो पहिरो खस्दा सडक अवरुद्ध

काठमाडौं, ३ असोज । चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट २ दशमलब ५ किलोमिटर नारायणगढतर्फ तुइन खोलामा माथिबाट ठूलो पहिरो खसेको हो । पहिरोका कारण राजमार्गमा दुई तर्फी आवागमन ठप्प भएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले रात परेको कारणले पहिरो पन्छाउन समस्या हुने बताए ।

‘पहिरो ठूलो भएकोले पन्छाउन समय पनि लाग्छ, अहिले पनि पहिरो खसिरहेको छ, रात पनि पर्यो,’ शर्माले भने ‘पहिरो पन्छाउन कार्य सुरु गर्न नै सकिएको छैन ।’

उनले नारायणगढबाट जाने सवारीलाई वरै सुरक्षित ठाउँमा नै रोकिन आग्रह गरेका छन् ।

काठमाडौं तथा पोखराबाट नारायणगढ आउने सवारीलाई पनि सुरक्षित ठाउँमा रोक्ने तयारी गरिएको शर्माले बताए ।

ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार दिउँसो देखि नै लगातार हल्का वर्षा भइरहेको र साँझ तुइन खोलामा भीर नै बगेर सडकमा आएको छ ।

गएराति पनि पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । वर्षा सुरु भएयता तुइन खोलामा पटकपटक पहिरो खस्ने गरेको छ ।चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट २ दशमलब ५ किलोमिटर नारायणगढतर्फ तुइन खोलामा माथिबाट ठूलो पहिरो खसेको हो । पहिरोका कारण राजमार्गमा दुई तर्फी आवागमन ठप्प भएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख गायत्रीराज शर्माले रात परेको कारणले पहिरो पन्छाउन समस्या हुने बताए ।

‘पहिरो ठूलो भएकोले पन्छाउन समय पनि लाग्छ, अहिले पनि पहिरो खसिरहेको छ, रात पनि पर्यो,’ शर्माले भने ‘पहिरो पन्छाउन कार्य सुरु गर्न नै सकिएको छैन ।’

 

उनले नारायणगढबाट जाने सवारीलाई वरै सुरक्षित ठाउँमा नै रोकिन आग्रह गरेका छन् ।

काठमाडौं तथा पोखराबाट नारायणगढ आउने सवारीलाई पनि सुरक्षित ठाउँमा रोक्ने तयारी गरिएको शर्माले बताए ।

ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार दिउँसो देखि नै लगातार हल्का वर्षा भइरहेको र साँझ तुइन खोलामा भीर नै बगेर सडकमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्