नेपाली कांग्रेस कार्यसम्पादन समितिले फेरि भन्यो संसद् विघटन असंवैधानिक

काठमाडौं,३ असोज । नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।

नेपाली कांग्रेसका संस्थापक तथा पूर्व प्रधान मन्त्री का बि.पी. कोईरालाको परिकल्पनामा जन्मेको पार्टी जस्तो रहेन अहिलेको नेका । वर्तमान नेतृत्व पार्टी बुढा र परिर्वतन रुचाउनेको त कुरा छोडौं कल्पना गर्न सक्दैनन् ।

यसै बहानामा नेतृत्वको खुड्किलो चढ्न चाकडीवाज या भनौ दासहरु यस्तो निष्कर्ष निकाल्न बहस पैरवी गरि राखेका छन् । पार्टी अध्यक्ष शेर बहादुर देउवा दम्पतिमाथी भएको आक्रमण ठिक थियो भनेर मानवता र प्रजान्त्रतवादी कसैले बहस गर्दैनन् त्यो घोर निन्दनिय थियो । तर त्यो किन भयो भन्ने विषयमा नेका जान चाहदैन् ।

जेनजीले गरेको अनियमितता र भष्ट्राचार विरुद्यको आन्दोलनलाई स्वीकार गर्न नसक्ने काग्रेसका भाई भारदाहरु नेका स्थापनामा युज्ञान्तकारी निर्णय र दिर्घकालिन सोच राख्ने बि.पी. कोइरालाका विचारलाई अहिलेका नेता कार्यकर्ताले तिलाञ्जली दिएरका छन् । शिर्ष नेतृत्वको चरणबन्दना गर्दे संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेका छन् ।

नेपाली कांग्रेस अहिलेको आन्दोलनको मूख्य मुद्दाबाट कोसौं पर छ । पार्टीमा रहेका युवा पनि अब उबाट पर जाने छन् । बाँकी रहेका चाटुकारहरु लाई पार्टीमा स्थान मिल्ने अब पक्का भएको छ ।

पार्टीका दुई महामन्त्रीहरुको भूमिका पनि भाषणमा मात्र सिमित छ, व्यवहारमा देखिदैन् । जेनजीको आन्दोलनमा परि हालसम्म ७२ जनाले शहादत र खरबौं रुपैयाँको भौतिक क्षतिबाट सिर्जित यो परिस्थितीमा पनि नेतृत्व गल्ति लुकाउनमै व्यस्त छ । काँग्रेसजन चाँडै निर्णय गर परिवर्तन लाई आत्मसात गर्ने कि यहि पारामा पार्टी चलाउने । नत्र नव युवाहरुले आजको कार्यसम्पादन समितिको निर्णय त्यसैको निरन्तरता हो भनि बुझ्ने छन् ।

पार्टी कार्यालय सानेपमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

‍बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

साथै केन्द्रीय समिति बैठक दशैं अघि नै बोलाउने निर्णय समेत गरेको छ । तर आन्दोलन केको लागि भएको हो र यसलाई सम्बोधन कसरी गर्ने विषयमा चुक्क पनि बोलेको छैन् ।

प्रतिक्रिया दिनुहोस्