लेखा अधिकृत १ लाख घुससहित पक्राउ, कर्मचारीमा अझै चेत खुलेन
काठमाडौं,३ असोज । दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, र सुर्खेतको संयुक्त टोलीले उनलाई एक लाख घुससहित पक्राउ गरेको हो ।
सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपछि निमार्ण कम्पनीलाई बिल भुक्तान गर्ने क्रममा उनले एक लाख घुस मागेको अख्तियारले बताएको छ ।
लेखा अधिकृतबाट माग भएको घुस सम्बन्धि सूचनाका आधारमा उनलाई अख्तियारले पक्राउ गरेको हो ।















प्रतिक्रिया दिनुहोस्