कुमारी बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
काठमाडौं,३ असोज । कुमारी बैंक लिमिटेडले १ हजार ३२२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि बैंक समक्ष निवेदन पेश गरेअनुसार बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बैंकले शेयर बिक्रीमा ल्याएको हो ।
यस शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ ।
शेयरको बिक्री मूल्य भने शेयर बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । बैंकले तोकिएको यस समयभित्र बैंकका संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा सो शेयर अन्य सर्वसाधारणलाई बिक्री गरिने जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्