एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृतले दिए राजीनामा

काठमाडौं,२ असोज । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले राजीनामा दिएका छन् । उनले बुधबार बैंक सञ्चालक समिति समक्ष राजीनामा पत्र बुझाएको सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिए ।

उनको राजीनामापछि बैंक सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोष कुमार राठीलाई कायममुकायम सीईओको जिम्मेवारी तोकेको छ ।

उनका अनुसार बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ न्यौपानेको राजीनामा स्वीकृत गरेको हो । स्वास्थ्यमा आएको समस्याका कारण न्यौपानेले सीईओ पदबाट राजीनामा दिएको उनले बताए ।

न्यौपाने पहिलोपटक २०७५ मंसिरमा बैंकको सीईओमा नियुक्त भएका थिए । ४ वर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गरेपछि बैंक सञ्चालक समितिले न्यौपानेलाई दोस्रोपटक २०७९ कात्तिकमा बैंकको सीईओमा नियुक्त गरेको थियो ।

उनको दोस्रो कार्यकालको समय बाँकी नै छ । तर, दोस्रो कार्यकालको समय बाँकी हुँदा उनले राजीनामा दिएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्