बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट
काठमाडौं,२ असोज । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।
हाइड्रोले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
यस आईपीओमा २१ लाख ७५ हजार ८८८ जनाले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका छन् भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएका छन्।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत बाँडफाँट गरिएको हो । कुल १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
यसअघि नै नियमानुसार ३ प्रतिशत अर्थात् ५१ हजार ४५ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात् ८५ हजार ७५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो। बाँकी सर्वसाधारणलाई वितरण गरिएको हो ।
कम्पनीको आईपीओ बाँडफाँट निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा बिहीबार सम्पन्न भएको हो ।















प्रतिक्रिया दिनुहोस्