नेपाल ल्यूब आयलले बोनस शेयर पारित गर्न डाक्यो साधारण सभा

काठमाडौं, २ असोज । नेपाल ल्यूब आयलले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले सो बोनस शेयर वितरणको प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते, द प्लाजा, पुल्चोक, ललितपुरमा ३४ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ ।

सो सभाले बोनस शेयरको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने, २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरी प्राप्त रकमको उपयोग गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकहरुको नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ । असोज ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागित हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्