अरुण भ्याली हाइड्रोपावरले गर्यौ लाभांश घोषणा

काठमाडौं,२ असोज । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनश वितरण गर्ने घोषणा गरेको छ ।

हाइड्रोपावरले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्