मुक्तिनाथ विकास बैंकले गर्यो लाभांश घोषणा
काठमाडौ,२ असोज । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
हाल बैंकको चुक्ता पूँजीको १८.२० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये १३.५३ प्रतिशत बोनस शेयर रहेको छ भने ४.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ । भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।















प्रतिक्रिया दिनुहोस्