नेप्सेमा दोस्रो नकारात्मक सर्किट ब्रेक, ४० मिनेटको लागि कारोबार स्थगित
काठमाडौं,२ असोज । बिहीबार, नेप्सेमा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर ४० मिनेटको लागि शेयर कारोबार स्थगित भएको छ ।
जेनजीको आन्दोलन र त्यसपछि भएको सत्ता परिवर्तनपछि कारोबार खुलेको पहिलो दिन, नियमित बजार खुलेको २ मिनेटमा नै नेप्से ४ प्रतिशत घटेपछि पहिलो नकारात्मक सर्किट ब्रेक लागेर शेयर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो ।
११ बजेर २२ मिनेटको खुलेको बजारमा नेप्सेले गिरावटलाई निरन्तरता दिएपछि ११ बजेर २३ मिनेटमा नै नेप्से ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट ब्रेक लागेको हो । शेयर कारोबार ४० मिनेटपश्चात पुनः सुचारु हुनेछ ।















प्रतिक्रिया दिनुहोस्