विश्वकर्मा पूजा पर्व आज सवारी साधन कलकारखानामा पूजा गरि मनाइदै
काठमाडौं, १ असोज । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा एवं वास्तु दिवस आज देशैभर यो पर्व मनाइएको छ ।
आजको दिन सवारी साधन सजाउने, पूजा गर्ने, सफाइ गर्ने गरिन्छ । विभिन्न मन्दिरमै पुगेर सवारी धनीहरुले सवारी साधनको पूजा गर्ने गर्छन् ।
आज विश्वकमौ पुजा दिनमा हात हतिया, सवार िसाभन लयाउत विभिन्न कलकारखानामा पूजाआजा गरि मनाइदै छ। । भद्रकाली मन्दिरमा आज बिहानैदेखि सवारी साधन पूजा गर्नेहरुको भिड लागेको छ ।
आजका दिन कालीगढहरुले विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन पनि छ ।
कलकारखाना सरसफाइ गर्ने, विशेष रूपमा सजाउने र मजदुरलाई समेत सहभागी गराएर पूजा गरी यो पर्व मनाइन्छ ।















प्रतिक्रिया दिनुहोस्