प्राधिकरणमा रहेको मन्त्रीको कार्यकक्ष बन्द गर्नु : मन्त्री घिसिङ

काठमाडौँ,३१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले मंगलबार विद्युत् प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा रहेको मन्त्रीको कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

सो कार्यकक्ष भएको स्थानलाई प्राधिकरणको प्रयोजनका लागि प्रयोग गर्न पनि मन्त्री घिसिङले निर्देशन दिएका छन् ।

निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएको बेला सो कार्यकक्ष सञ्चालनमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्