गैरराजनीतिक व्यक्ति मन्त्री र मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने : प्रधानमन्त्री कार्की

३१ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूको संख्या ११ जनाभन्दा नबढाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् ।

उनले अब बन्ने मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र त्यससम्बद्धलाई नराख्ने उल्लेख गरेकी छन् ।

आज बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा कार्कीले मन्त्रिपरिषद्को संरचनाबारे उल्लेख गरेकी हुन् ।

‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने योग्यता र क्षमता आधारमा जिम्मेवारी दिने हो ‘ कार्कीले भनिन् । तीन जना मन्त्री बनिसकेकोले अब थपिने मन्त्रीहरुमा समावेशिता झल्किने गरी व्यक्ति खोजिने जानकारी पनि दिइन् ।

पोलिटिक्समा नरहनु भएका नन् पोलिटिकल र कुनै संस्थामा काम गरेकाहरुलाई ल्याउँछौं त्यस्ता मान्छे खोजिभइरहेको छ ।

राजनीतिक आबद्धता भएका व्यक्ति मन्त्रिपरिषद्मा राख्दा चुनावको काममा फोकस नहुने भएकाले चुनाव नलड्ने व्यक्तिलाई मन्त्री बनाउने तर्फ सरकार लागेको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्