जेनजी आन्दोलनका सहिदहरूको अन्तिम बिदाई
काठमाडौँ । जेनजी आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदहरूलाई राजकीय सम्मानका साथ आज अन्त्येष्टि गर्न पशुपति लगिएको छ ।
त्रिवि शिक्षण अस्पतालबाट १० शहीदको पार्थिव शरीर नगर परिक्रमा सहित एअरपोर्ट र पशुपति लैजानको लागि शव यात्रा निकालिएको छ ।
यी १० पार्थिव शरीरमध्ये ४ जनाको अन्त्येष्टि पशुपतिमा गरिनेछ भने बाँकी ६ पार्थिव शरीर सेनाको हेलिकप्टरबाट शहीदहरूको जन्मथलो लगिने जानकारी दिइएको छ ।















प्रतिक्रिया दिनुहोस्