नयाँ र भव्य पार्टी कार्यालय बनाउछौं : अध्यक्ष प्रचण्ड

काठमाडौं,३१ भदौ । नेकपा माओवादी केन्द्रले नयाँ पार्टी केन्द्रीय कार्यालय बनाउने भएको छ ।

जेनजी आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडामा आगजनी भएपछि माओवादी केन्द्रले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने भएको हो ।

आज पार्टी केन्द्रीय कार्यालय अनुगमन पछि अध्यक्ष प्रचण्डले भने, ‘देशभरका कार्यकर्ताहरुको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ ।’ पार्टी कार्यालय कहाँ बन्छ भनेर उनले स्पष्ट गरेनन् ।

आगजनीका कारण धरै भौतिक क्षति भए पनि पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको बताए । ती जोगाउने कर्मचारी र कार्यकर्ताहरुलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्