प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल अन्तर्राष्ट्रिय शान्ति दूतमा नियुक्त
काठमाडौं । वीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष, रोटरी क्लब अफ कपनका पूर्व अध्यक्ष तथा क्युअनिस क्लबका अध्यक्ष शिवहरि खनाल सन् २०२५/०२६का लागि अन्तर्राष्ट्रिय शान्ति दूतमा नियुक्त भएका छन् ।
हालै थाइल्यान्डको बैंककमा सम्पन्न युनिप युएन ग्लोरी ग्लोबल मिट कार्यक्रममा उनलाई एक वर्षको अवधि (सेप्टेम्बर १, २०२५ देखि अगस्ट ३०, २०२६ सम्म) का लागि शान्ति दूत नियुक्त गरिएको हो ।
खनाललाई युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टर र ग्लोरी मिडियाले प्रतिष्ठनबाट शान्ति, सामाजिक तथा मानविय कार्यमा र्पुयाएको योगदानको कदर स्वरूप सम्मानगरि उक्त जिम्मेवारी प्रदान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि युएनआईपी थाइल्यान्ड च्याप्टरकी अध्यक्ष प्रा। डा. श्रीवान किङ्जुन, सभापति युएनआईपी नेपाल च्याप्टरका अध्यक्ष भिक्षु डा. राजु लामा पि. कोन्दन र कार्यक्रम संयोजक एवम् ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले खनाललाई प्रमाणपत्र र ब्याज हस्तान्तरण गरेका थिए ।
काठमाडौंको बालुवाटार निवासी खनाल तीन दशकदेखि सामाजिक गतिविधिमा सक्रिय रहेका छन् ।
यस्तै कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका २७ जना अन्तर्राष्ट्रिय तथा नेपाली व्यक्तित्वहरूलाई उत्कृष्टता पुरस्कार प्रदान गरिएको थियो । अन्तर्राष्ट्रिय पुरस्कारतर्फ थाइल्यान्डकी व्यवसायी तथा पूर्वथाई–नेपाली समाज अध्यक्ष भावना राई (व्यावसायिक नेतृत्व), नेपालका पर्यटन व्यवसायी रामप्रसाद सापकोटा (पर्यटन), म्यान्मारका एनआरएनए ग्लोबल लिडर कुमार कार्की (सामाजिक सेवा), लाल सिंह खड्का कम्बोडिया हस्पिटालिटी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झा (व्यावसायिक प्रशासन), र साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड कर्पोरेटतफबार्ट सम्मानित भएका थिए ।




















प्रतिक्रिया दिनुहोस्