यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरु, मृत्यु हुनेको परिवारलाई ५ लाख रुपैयाँ दिने, असोज १ गते शोक दिवस
काठमाडौं, ३० भदौ । शुसिला कार्काीको पहिलो मन्त्रीपरिषद्को बैठकले विभिन्न निर्णहरु गरेको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
यसको लागि अर्थ मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन मार्फत मृतक परिवारलाई रकम हस्तान्तरण गर्ने गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिए ।
सरकारले जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक निर्णय गरेको र यसको संरचना कस्तो हुने भन्नेबारे टुङ्गो लाग्न बाँकी रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए ।
त्यस्तै सरकारले आगामी असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालका अनुसार दिवसमा सार्वजनिक बिदा दिएर झण्डा झुकाउने निर्णय गरेको गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्