असोज २ गतेदेखि शेयर बजार खुल्ने
काठमाडौं,३० भदौ । जेनजी प्रदर्शनको कारण गएको भदौ २४ गते देखि बन्द रहेको शेयर बजार आउने बुधवारदेखि खुल्ने भएको छ । असोज २ गते बुधवारदेखि खोल्ने गरी तयारी भइरहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । तर बोर्डबाट निर्देशन आउन भने बाँकी रहेको बताइएको छ ।
आउने बुधवारदेखि शेयर बजार खोल्ने तयारी भइरहेको छ । बोर्डबाट निर्णय भने आइसकेको छैन । निर्णय आउने बित्तिकै सूचना निकालिने छ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चाँपागाईले बताए ।
अहिले अवस्था सहज हुँदै गएपछि शेयर बजार खोल्न लागिएको हो। अर्को तर्फ स्थिति सामान्य हुँदै गएको र नेपालीहरूको ठूलो चाड दसैँ नजिकिँदै गरेको अवस्थालाई समेत मध्यनजर गरेर शेयर बजार खोल्न लागिएको हो । दसैँ अघि शेयर बिक्री गर्नेले दसैँपछि मात्रै पैसा पाउने अवस्था सिर्जना भएको थियो। दसैंमा शेयर बिक्री गरेर दसैँ खर्च जुटाउन चाहनेले समेत पैसा नपाउने स्थिति बनेको भन्दै शेयर बजार खोल्न बोर्डलाई दबाब समेत दिइएको थियो। सोही कारण शेयर बजार खोल्न लागिएको हो ।















प्रतिक्रिया दिनुहोस्