भौतिक संरचना पुनर्निर्माणका लागि कोष खडा गर्ने मन्त्री घिसिङको घोषणा

काठमाडौं,३० भदौ । नवनियुक्त भौतिक योजनामन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् ।

जेएनजी आन्दोलनका कारण भौतिक क्षति अत्याधिक भएकाले ती भवनको पूनर्निर्माण गर्न ठूलो रकम आवश्यक रहेको पनि कोष खडा गर्नु परेको उनले बताए ।

घिसिङले यस्तो कोषमा रकम जम्मा गर्नका लागि नेपाल बाहिर रहेका नेपालीलाई पनि अनुरोध गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले कोषकोबारेमा मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्नेछ ।

“हामीले तत्कालै क्षतिग्रस्त सार्वजनिक संरचनाहरु बनाउनुपर्नेछ, युवाहरुको आक्रोशका कारणले ठूलो क्षति भएकोले अब निर्माणको जिम्मा पनि हाम्रै काधमा आएको छ ।” उनले भने ।

प्रतिक्रिया दिनुहोस्