निजि क्षेत्रको मनोबल उच्च रहने गरि सरकारले काम गर्ने : अर्थमन्त्री खनाल
काठमाडौं,३० भदौ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल उच्च हुने गरि काम गर्ने बताएका छन् ।
सोमबार पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल उकास्न प्रयास गरिने बताए ।
निजी क्षेत्रसँग अन्तर्किया गरेर अघि बढ्ने भन्दै उनले हिजोको तुलनमा परिवर्तनको महसुस हुने गरि काम गर्न अर्थमन्त्रालयले प्रयास गर्ने उनले बताए ।
अर्थमन्त्री खनालले वर्तमान परिस्थितीमा राजस्वमा पनि कमी आउन दिन नहुने बताए ।
अर्थमन्त्री खनालले व्यक्तिगत काम लिएर कोही पनि आफूलाई भेट्न घरमा नआउन आग्रह गरे ।















प्रतिक्रिया दिनुहोस्