११ हजार भन्दा बढि कैदीबन्दि फरार, जनता त्रसित

काठमाडौं,३० भदौ । जेनजी आन्दोलनको क्रममा नक्खु, केन्द्रिय कारागार लगायत विभिन्न कारागारबाट भागेका लगभग १४ हजार कैदीबन्दीहरू मध्ये करिब ११ हजार कैदीबन्दी अझै फरार रहेका छन् । उनीहरु नफर्केमा पक्राउ गर्नको लागि विशेष सुरक्षा अभियान चलाउने तयारी कारागार व्यवस्थापन विभागले गरेको छ ।

यसरी फरार रहेका कैदिबन्दि मध्ये धैरै गम्भिर अपराधमा सजाय भोगि रहेका अपराधिहरु समेत छन् । जसका कारण अहिले निश्चिन्त भएर राती सुत्न सकिने अवस्था छैन् । यसैलाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा अपरेशन चलाएर पक्राउ गर्ने अभियान नै संचालन गरिने जनाएको हो ।

आन्दोलनका क्रममा देशभरका २६ वटा कारागारमा कुल २९ हजार सात जना कैदीबन्दीहरू रहेकामा १३ हजार २०७ जना फरार रहेको कारागार विभागले जनाएको हो ।

त्यसमध्ये आइतबार रातीसम्म कारागारतर्फका दुई हजार ७९६ जना र सुधार गृहका २४४ जना गरी तीन हजार ४० जना फर्केका छन् । यस मध्ये अधिकाँश आफै फर्किएका हुन भने केहीलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्