झापा इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं,३० भदौ । झापा इनर्जीको आइपीओमा आजसम्म आवेदन दिन सकिनेछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि भदौ २० गतेदेखि आइपीओ निष्काशन गरेको हो । कम्पनीको आइपीओमा भदौ २४ गतेसम्म आवेदन दिने व्यवस्था रहेता पनि जेन्जी आन्दोलनको कारण सो आइपीओमा म्याद थप गरी आजसम्म बनाइएको हो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि १०० रुपैयाँ अंकित दरका २८ हजार ५१४ कित्ता र कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याएको छ । बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आइपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्