प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक : नेका उपसभापति पूर्णबहादुर खड्का
काठमाडौं,२९ भदौ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको बताएको छ । नेका उपसभापति पूर्णबहादुर खड्काले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन विरुद्ध पार्टी रहेको बताएका हुन् ।
प्रतिनिधिसभा विघटनको कार्य पूर्ण रुपमा अलोकतान्कि र असंवैधानिक भएको उनले बताएका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै उनले प्रतिनिधिसभा विघटनको कार्यले संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठराघात भएको बताएका छन् ।
संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रुपमा अलोकतान्त्रिक र असंवैधानिक छ, खड्काले जारी विज्ञप्तिमा भनिएको छ ।
साथै, उनले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको वास्तविक आंकलन प्रक्रिया अविलम्ब शुरु गर्न आग्रह गरे । भदौ २३ र २४ गते भएको घटनाको सम्पूर्ण छानबिन गर्न सरकारलाई पुनस् स्मरण गरिएको बताए हुन् ।















प्रतिक्रिया दिनुहोस्