प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारकमा गरिन माल्यार्पण
काठमाडौं,२९ भदौ । अन्तरिम सरकारी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारकमा माल्यार्पण गरेकी छन् ।
कार्कीले शुक्रबार राति प्रधानमन्त्रीको शपथ खाएकी थिइन । आइतबार बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी हुन् ।
जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि कार्की प्रधानमन्त्री नियुक्त भएकी हुन् । नियुक्ती भएसंगै उनले संसद विघटन गरेकी थिइन् ।
कार्कीले आजै पदबहादली भएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।















प्रतिक्रिया दिनुहोस्