रेशम चौधरीले छोडे नागरिक उन्मुक्ति पार्टी

काठमाडौं,२९ भदौ । रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छाडेर नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेको घोषणा गरेका छन् । अब नागरिक उन्मुक्ति नेपाल पार्टी खोलेर अघि बढ्ने उनले घोषणा गरेका छन् ।

पछिल्लो समय चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबिच पार्टीको आधिकारिकतालाई लिएर विवाद भएको थियो ।
सामाजिक सञ्जाल मार्फत उनले उक्त पार्टी छोडेको घोषणा गरेका हुन् ।

रेशम चौधरीले नयाँ पार्टीमा जोडिन सम्पूर्ण पार्टी पंतिलाई आग्रह पनि गरेका छन् । अब जेनजी पुस्ताको माग र भावना समेट्दै अघि बढ्ने उनले बताएका छन् ।  नयाँ पार्टीको बैठक छिट्टै बोलाउने र विस्तृतमा जानकारी सार्वजनिक गर्ने उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्