प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दै, सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं, २९ बैशाख । अन्तरीम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् । आज बिहान ११ बजेको समयमा उनले सिंहदरबार पदभार ग्रहण गर्नेछिन् ।

जेनजी आन्दोलनलबाट उनी प्रधानमन्त्री बनेको हुन् । दलको सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । उनले त्यसै दिन शपथ लिएर संसद विघटन गरेकी थिइन् ।

आज पदभार ग्रहण गरेर प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तारको पनि तयारी गरेकी छन् ।

उनले मन्त्री नियुक्तिका लागि छलफल गरिरहेकी छन् । आजै मन्त्रीको नामावली टुंगो लगाउने र नियुक्ति गर्ने तयारी उनको छ ।

प्रधानमन्त्री कार्कीले पहिलो दिन शनिबार आन्दोलनका घाइतेहरुलाई अस्पताल पुगेर भेटेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्