बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म फेरि कर्फ्यु, समान्य अवस्थामा फर्कर्दै

काठमाडौं, २६ भदौ । नेपालको अवस्था समान्य अवस्थामा फर्कदै छ । कर्फ्यु र निषेधाज्ञालाई नेपाली सेनाले खुकुलो बनाएको छ । कर्फ्यु खुकुलो भएपछि हिजोको तुलनामा आज बिहान सडक तथा पसलहरुमा चहलपहल बढेको छ ।

नेपाली सेनाले जारी गरेको सूचना अनुसार आज भदौ २६ गते बिहान १० बजेसम्म कर्फ्यु खुला गरिएको छ । अहिले सवारी साधनहरु निर्वाध चलिरहेका छन् । किनमेल गर्ने र अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरुको संख्या सडकमा बढेको छ ।

अहिले नेपाली सेना सडकमा खासै देखिएका छैनन् । हिजो सडकका चोक चोकमा हतियारधारी सेना तैनाथ थिए ।

बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भने फेरि कर्फ्यु लगाइने नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख छ । त्यसपछि दुई घण्टा पुनस् कर्फ्यु खुला हुनेछ । आज बेलुकी ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म पुनःकर्फ्यु लागू हुने नेपाली सेनाले जनाएको छ ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले भदौ २३ गते गरेको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएको थियो । २४ गते देशभर हिंसात्मक आन्दोलन र आगजनी भएको थियो । त्यसपश्चात देशको सबै क्षेत्र ओन्दालन कारमिा हातमा गएको थियो । अहिले नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको छ ।

प्रतिक्रिया दिनुहोस्