जेनजीका प्रतिनिधिहरु वार्ताका लागि भर्चुअल जुम मिटिङ्गबाट एजेण्डा तयार गर्र्दै
काठमााडौं, २५ भदौ । जेनजीका प्रतिनिधिहरु वार्ताका लागि एजेण्डा तयार गर्र्दै छ । यसको लागि उनिहरुले भर्चुअल जुम मिटिङ्ग गरि रहेका छन् । यसले गर्दा कस्तो कसलाई वार्ताका लागि संयोजक तोक्ने भन्ने विषयमा घनिभुत छलफल भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनासँग वार्ताका लागि जेनजी समूहले वार्ता समिति बनाउन छलफल गरिरहेको छ ।
जेनजी समूहका एक सदस्यका अनुसार चार हजारभन्दा बढीको सहभागिता रहेको भर्चुअल बैठकमा वार्ता टोली गठन गर्ने विषयमा छलफल भइरहेको हो ।
राष्ट्रपति पौडेल र नेपाली सेनाले मंगलबार साँझ छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै वार्ताका लागि आह्वान गरेका थिए । सेनासँगको वार्तालाई सञ्चार माध्यमा पनि प्रत्यक्ष प्रसारण गर्नका लागि कुराकानी भएको छ । यसलाई जतिसक्दा पारदर्शी बनाउन कोसि सकेत गरेको छ ।
जेनजीहरूको बैठकले वार्तामा आफूहरूले राख्ने एजेन्डाबारे पनि कुराकानी गरिरहेका जेनजी समूहका ती सदस्यले बताए । भर्चुअल बैठकमा वार्तामा कसरी प्रस्तुत हुने, शासकीय स्वरूप कस्तो बनाउने एजेन्डा वार्तामा लैजाने, शासन अवधि कति वर्षीय हुने लगायत विषयमा छलफल भइरहेको स्रोतले बतायो ।
बैठकले वार्ता टोलीको नेतृत्व कसले गर्ने र कति जना जाने भन्ने विषय टुङ्ग्याउने बताइएको छ । त्यसपछि औपचारिक वार्ता हुने बताइएको छ । उनीहरुलाइृ तार्वा संयोजक तोक्न कठिान भएको छ ।















प्रतिक्रिया दिनुहोस्