डिल्लीबजारका कैदीबन्दीहरुले कारागारभित्र तोडफोड र आगजनी गरी भाग्ने प्रयास
काठमााडौं, २५ भदौ । काठमाडौंका डिल्लीबजारका कैदीबन्दीहरुले कारागारभित्र तोडफोड र आगजनी गरेका छन् । देशभरका कारागारबाट कैदीबन्दी भाग्ने लहर चलेसँगै काठमाडौंका डिल्लीबजारका कैदीबन्दीहरुले पनि भाग्ने प्रयास गरेका छन् ।
उनीहरूले कारागारभित्र तोडफोड र आगजनी गरेपछि नेपाली सेनाले हस्तक्षेप गरेको छ ।
कारागारभित्र कैदीबन्दीहरुले आफूहरू पनि भाग्न पाउनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् । बाहिर सेनाको कडा तैनाथी छ कारागारभित्र आगो लागिरहेको छ ।















प्रतिक्रिया दिनुहोस्