प्रधानमन्त्री केपी ओलीले राजीनामा दिए

काठमाडौं, २४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

जेनजीको आव्हानमा भएको आन्दोलन सरकारको नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको शीतल निवासले जनाएको छ ।
‘मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकास र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ ण्९१० क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, उनले राजीनामा पत्रमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्