मन्त्रीहरु नेपाली सेनाको हेलिकोप्टरबाट भागे
काठमाडौ, २४ भदौ । काठमाडौंको भैुेसेपाटीस्थित मन्त्री निवास प्रदर्शनकारीले कब्जामा लिएको छ । मन्त्री निवास कब्जामा लिएपश्चात मन्त्रीहरु नेपाली सेनाको हेलिकोप्टरबाट भागेको छन् ।
ललितपुरको मन्त्री क्वार्टरमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।
सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए ।
आज बिहानैबाट प्रदर्शन थप चर्को बन्दै गएको छ ।
अहिले प्रदर्शनकारीहरूले शीर्ष नेता र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् ।
हिजो सोमबारबाट सुरु भएको जेनजी आन्दोलनमो निर्दौष युवाहरुले अनाहकमा ज्यान गुमाएपश्चात आज आन्दोलन झन् सशक्त भएको छ । आज दोस्रो दिन नेताहरुको निवास कब्जा गर्ने, पार्टी कार्यालय तोडफोर्ड गर्नेगरिएको छ ।
काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् । सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए ।
आज बिहानैबाट प्रदर्शन थप चर्को बन्दै गएको छ ।
अहिले प्रदर्शनकारीहरूले शीर्ष नेता र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् ।















प्रतिक्रिया दिनुहोस्