जेन-जी प्रदर्शन: ट्रमाका ११ जनाको अवस्था गम्भीर, ४०० उपचार भइरहेको
काठमाडौं, २४ भदौ । सोमबार भएको नयाँ पुस्ताका युवा (जेन-जी) को प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका ४०० बढीको उपचार भइरहेको छ । जसमध्ये ट्रमा सेन्टरमा उपचार गराइरहेका ११ जनाको अवस्था गम्भीर रहेको अस्पतालसेतले जनाएको छ ।
अस्पतालका अनुसार ११ जनाको अवस्था जटिल छ । तीमध्ये पाँच जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
अस्पतालका प्रमुख डा।.बद्री रिजालका अनुसार ३० जनाभन्दा बढीको शल्यक्रिया गर्नुपर्ने भएको छ ।
अस्पतालले मंगलबार ओपीडी र नियमित शल्यक्रिया बन्द गरेर प्रर्दशनमा घाइते भएको उपचार गर्ने तयारी गरेको छ । ‘हिजोको प्रर्दशनमा घाइते भएका बिरामी र आकस्मिक केशका मात्रै शल्यक्रिया गर्ने व्यवस्था गरिएको बताए । डा। रिजालले भने, ‘अस्पतालको सबै स्वास्थ्यकर्मीलाई काममा खटिनु भएको छ ।’
सोमबार राति ११ जनाको अप्रेशन गरिएको थियो । ‘हिजो सकेसम्म ज्यान बचाउने कोसिस गरियो’, डा। रिजालले भने, ‘ हामीकहाँ जटिल खालका बिरामी हुनुहुन्छ । चोटपटक लागेका, गोली लागेका बिरामीको शल्यक्रिया दिँउसोभर चल्नेछ ।’ अस्ततालको सम्पूर्ण टिम घाइतेको उपचारमा लागेको छ । सिभिल ,टिचिङ्ग, पाटन , केएमसी लगायत अस्पतालहरुको घाइतेहरुको उपचार भईरहेको छ ।















प्रतिक्रिया दिनुहोस्