शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष जारी रहन्छ, आन्दोलनमा केही राजनीतिक घुसपैठ भयो: जेन-जीमुभमेन्ट नेपाल

काठमाडौं, २३ भदौ । यो न्युज तयारपार्दा सम्ममो समयमा करिब १८ जनाको मुत्यु । २५० जनाभन्दा बढि घाइते हुने गरिभ भएको जेनजी आन्दोलन तथा प्रदर्शनमा राजनीतिक दलको घुषपेत भएको आशंका भएको छ । आन्दोलनमा घुसपैठ भयो, शान्तिपूर्ण संघर्ष जारी रहन्छ भनी जेनजी आन्दोलनले भनेको अवस्था छ । जेनजीले विज्ञप्तिमा भनिएको छ ‘जेन-जी को आवाज अझै पनि शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष नै हो । हाम्रो आन्दोलन भवन वा संस्थाविरुद्व होइन । भ्रष्टाचार, जनताको पैसाको दुरुपयोग र विश्वासघात विरुद्ध हो।’भनि एको छ । यसले आजको आगजनी सहितको आन्दोलनलाई जेन-जी मुभमेन्ट नेपालले आन्दोलनमा घुसपैठ भएको र केही व्यक्तिहरूले हिंसात्मक गतिविधि गराएको जनाई सकेको छ ।
जेनजीले भनेको छ, आन्दोलनको मूल उद्देश्य शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष रहेको भन्दै भ्रष्टाचार र जनताको पैसाको दुरुपयोगविरुद्ध आवाज उठाइरहेको स्पष्ट पारिएको छ।
राजनीतिक स्वार्थ बोकेका केही व्यक्तिहरूको कार्यलाई सम्पूर्ण आन्दोलनको प्रतिनिधित्व नगर्न आग्रह गर्दै, आन्दोलन शान्तिपूर्ण ढंगले जारी रहने बताइएको छ।

जेन(जी मुभमेन्ट नेपालले सुचना जारी गर्दै आन्दोलनमा घुसपैठ भएको जनाएको छ । ‘आज हाम्रो आन्दोलनले एकदमै दुःखदायी मोड लियो । न्याय, जवाफदेहिता र सुशासनका लागि सुरु गरिएको हाम्रो शान्तिपूर्ण आवाज तोडफोड र संसद् भवनतर्फ जबरजस्ती प्रवेशको प्रयासले प्रभावित भयो । तर स्पष्ट पार्न चाहन्छौं, यो हाम्रो मुल उद्देश्य कहिल्यै थिएन,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, जेन-जीले शान्तिपूर्ण संघर्ष गर्ने जनाएको छ। ‘जेन(जी को आवाज अझै पनि शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष नै हो । हाम्रो आन्दोलन भवन वा संस्था विरुद्व होइन । भ्रष्टाचार, जनताको पैसाको दुरुपयोग र विश्वासघात विरुद्ध हो,’ सुचनामा थप भनिएको छ, ‘सम्पूर्ण नागरिक नागरिक, नेपाल प्रहरी, विश्व समुदायलाई स्पष्ट सन्देश छ । केही व्यक्तिहरुका कार्यलाई यो पुस्ताको आवाज ठान्ने गल्ती नगर्नुहोस्। हाम्रो आवाज चोइटिन सक्दैन । नत अपहरण गरिन सकिन्छ । हामी शान्तिको पक्षमा छौं । हामी न्यायका पक्षमा छौं । हामी भविष्यको पक्षमा छौं ।’

राजनीतिक रुपमा परिचालितहरुले आन्दोलनलाई हिंसात्मक बनाएको जेन जी मुभमेन्टको भनाई छ । ‘हाम्रो मुल उद्देश्य सदैव सुशासन, शान्ति हाम्रो पैसा तथा भविष्यको सुरक्षा हो । संसद् भवन हाम्रो शत्रु होइन । संसद् हाम्रो आफ्नो सम्पत्ति हो । जनताको पसिना र करले बनेको संस्था हो । र हाम्रो लक्ष्य हाम्रो सम्पत्तिलाई हानी गर्नु होइन,’ सुचनामा भनिएको छ, ‘यसको बाबजुद केही द्वन्द्वात्मक मनासय बोकेका, यस आन्दोलनलाई आशान्ति र तोडफोड तर्फ तान्नेहरु राजनीतिक स्वार्थ बोकेर आएका परिचालित व्यक्तिहरु हुन्। उनीहरुले हाम्रो मर्म र आत्मालाई प्रतिनिधित्व गर्दैनन्।’ देशमा आतंक सृजना गर्ने, सदभाव खलबनाउने, हिंशा गर्ने यो आन्दोलनका मर्म नभएको समेत जेनजी मुमेन्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्