ट्रमामा थप दुईको मृत्युसंगै मृतकको प्रदर्शनकारीको संख्या १७ पुग्यो

काठमाडौं,२३ भदौ । हिंसात्मक बनेको जेनजीहरूको प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उपत्यकाका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको हो । ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएकाहरूको अहिले विभिन्न अस्पतालमा मृत्यु भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्