पोखरामा पनि प्रहरीको गोली लागेर एक जना घाइते

काठमाडौं,२३ भदौ । जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर पोखरा एक जना घाइते भएका छन् ।

गोली लागेर घाइते भएका युवालाई उपचारका लागि अहिले अस्पतालत पुर्याइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

काठमाडौं जेनजीहरूको प्रदर्शनीकाक्रममा प्रहरी द्वारा चलाइएको गोली लागि मृत्यु भएपछि पोखरामा प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरूद्ध नारा लगाइरहेका छन् ।

उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नारा लगाइरहेका छन् । पोखराको मुख्य बजार क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच हानाहान चलिरहेको छ ।

प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणको प्रयास गरिरहेको छ तर आन्दोलन झनै उग्र बनिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले शहीद चोक क्षेत्रको चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेपनि प्रदर्शन भने रोकिएको छैन ।
सामाजिक सञ्जालमा सक्रिय जेन–जी युवाहरू काठमाडौंसहित पोखरा, चितवन, झापा, मोरङ लगायतका जिल्लामा सडक प्रदर्शनमा उत्रिएका छन् ।

सामाजिक सञ्जाल बन्द र देशमा विद्यमान भ्रष्टाचार अन्त्यको माग गर्दै सुरु भएको जेन–जी युवाहरूको प्रदर्शन अनियन्त्रित बन्दै गएको छ । प्रशासनले बल प्रयोग गर्न थालेपछि प्रदर्शनकारी आक्रोशित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्