जेनजी प्रदर्शनकाक्रममा १३ को मृत्यु, सयौको संख्यामा गम्भिर घाइते
काठमाडौं,२३ भदौ । जेनजीहरूको काठमाडौंमा प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, यो समाचार तयार पार्दासम्ममा उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।
दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको हो । अझै धरै गम्भिर घाइतेहरु रहेको जारकारीहरु आईरहेका छन् । घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।
हालसम्ममा ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।















प्रतिक्रिया दिनुहोस्