हेटौँडामा पनि जेनजीको प्रदर्शन, देशभरी फलिदै आन्दोलन
काठमाडौं, २३ भदौ। जेनजी पुस्ताले हेटौँडामा पनि प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा उनीहरुले सोमबार देशव्यापी प्रदर्शन गरिरहेका छन् ।
हेटौँडाको प्रदर्शनमा विद्यालय र कलेजका विद्यार्थी औपचारिक पोशाकमै प्रदर्शनमा उत्रिए । हेटौँडाको उपनगरपालिका चोक, हुप्रचौरबाट निस्किएको प्रदर्शन बुद्धचोकमा आएको थियो ।
उनीहरुले दुई घण्टासम्म बुद्धचोक ठप्प पारे । प्रदर्शनको क्रममा उनीहरुले हेटौंडा–१० स्थित प्रदेशसभा भवन अगाडि समेत प्रदर्शन गरे ।















प्रतिक्रिया दिनुहोस्