जेनजी प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर १ को मृत्यु, ७० जनाभन्दा बढी घाइते
काठमाडौं, २३ भदौ। काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक जेनजी प्रदर्शनकारीको निधन भएको छ ।
सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पताल स्रोतले मृत्युको पुष्टि गर्दै घाइते भएका ७० जनाभन्दा बढीको उपचार भइरहेको पनि जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।















प्रतिक्रिया दिनुहोस्