भ्रष्टाचारविरुद्ध जेनजीले माइतीघर मण्डलामा ठूलो प्रदर्शन गर्दै, सुरक्षा कडा
काठमाडौं, २३ भदौ। भ्रष्टाचारविरुद्ध र गलत प्रवृद्धि जेनजीको आज काठमाडौँको माइतीघर मण्डलामा ठूलो प्रदर्शन गर्दै छ । आज हुने जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। भ्रष्टाचारविरुद्ध हुन लागेको यो प्रदर्शनको सुरक्षाको लागि प्रहरीले विशेष रणनीति बनाएको छ।
जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ ।
उच्च तहका अधिकारी परिचालनस्, माइतीघर र बानेश्वर क्षेत्रको सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले गर्नेछन्। उनको साथमा ६ जना डीएसपी पनि खटाइनेछन्।
अन्य सुरक्षा निकायह्ररु सशस्त्र प्रहरी बलको तर्फबाट एसपी जीवन केसीले सुरक्षा फौजको नेतृत्व गर्नेछन्। यसका साथै, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि परिचालन गरिनेछ।
प्रहरीले प्रदर्शनको स्वरूप हेरेर सुरक्षा रणनीति परिवर्तन गर्ने योजना बनाएको छ। भिडको अवस्थाअनुसार थप सुरक्षाकर्मी परिचालन गरिनेछ। सुरक्षा संवेदनशीलताका कारण परिचालित गरिने सुरक्षाकर्मीको सङ्ख्या सार्वजनिक गरिएको छैन, तर काठमाडौँ जिल्लाभर करिब २५ सय प्रहरी परिचालन गरिने अनुमान छ। माइतीघर क्षेत्रमा मात्रै ५ सय प्रहरी खटाइने बताइएको छ। यसले प्रदर्शनकारीबाट हुने क्षतीलाई लक्षित गर्दै यो सरक्षा व्यवस्था कडाइए गरिएको होे ।















प्रतिक्रिया दिनुहोस्