आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वर, पशुपतिमा मन्दिर सोह्रश्राद्धका लागि सर्व साधरण

काठमाडौं, २३ भदौ। आजदेखि हिन्दू परम्पराअनुसार पितृपक्ष, पितृमोक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ । यसो गदाउ पितृ मोक्ष हुने धार्मिक विश्वास रहेको छ ।

सोह्रवटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ ।
चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । यसलाई नै सोह्रश्राद्ध भनिन्छि ।

बडादशैं र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता धमर्मिक मान्यता रहिआएको छ ।

 

सोह्रश्राद्ध सुरु भएसँगै आफ्नो पितृको तिथि अनुसार काठमााडौं गोकर्णेश्वर मन्दिर, पशुपति, लागत देश भरको मठमन्दिरमा सोह्रश्राद्ध गर्नका लागि सर्वसाधारणहरु दिवङ्गत पितृको सम्झनामा तर्पण तथा पिण्डदान गर्नका लागि पुग्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्