कामना सेवा विकास बैंकको १५.७८९५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १५.७८९५ प्रतिशत लाभांश घोषणा गरको छ ।

आ.व. २०८१।८२ को संचित मुनाफावाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको छ । १० प्रतिशत वोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) गरि १५.७८९५ प्रतिशत लाभाशं घोषणा गरेको हो ।

उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १९ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात शेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् । यो संगै लाभाशं घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । गत वर्ष बैंकले १२ प्रतिशत लाभाशं वितरण गरेको थियो ।

बैंकको आईतवार दिनको ४ वजे बैंकको केन्द्रीय कार्यालयमा वसेको संचालक समितिको बैठकवाट उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्