एनएमबि बैंकको सस्थापक समूहको शेयर बिक्रीमा

काठमाडौं,२२ भदौ । एनएमबि बैंकको करिब ६ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ ।

बैंकको संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयरमा व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

इच्छुक लगानीकर्ताले ७ दिनभित्र शेयर खरिदका लागि बैंकको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

यसअघि बैंकका संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना सार्वजनिक गरी शेयर बिक्रीका लागि राखिएको छ । तर, संस्थापक शेयरधनीहरुबाट तोकिएको अवधिभित्र शेयर खरिदका लागि निवेदन नपरेपछि अहिले अन्य व्यक्ति तथा संस्था बिक्री खुला गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्