सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड, सुन प्रतितोला २ लाख १२ हजार
काठमााडैं, २२ भदौं । आज पनि ( आइतबार) पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको छ । गत साता पनि दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्यले यस दिन ती रेकर्डहरुलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन कायम सुनको मूल्य हालसम्मकै उच्च हो।
त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ। गत शुक्रबार तोलाको २ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्